Breaking News
चितवनका उम्मेद्वारहरुः देउवा र शेखरको टिममा को–को परे ?

चितवन, मंसिर २७–
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
विहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर (डा.शेखर कोइराला) समूहले आफ्नो प्यानलको सूची तयार पारेका छन् । ती दुई प्यानलमा चितवनबाट उम्मेद्वारी दिएका धेरैजसो नेताहरु समेटिएका छन् । देउवा प्यानलबाट ३ जना केन्द्रीय सदस्यका उम्मेद्वार समेटिएका छन् भने डा.शेखर कोइरालाको प्यानलमा ६ जना उम्मेद्वार समेटिएका छन् ।
केन्द्रीय सदस्यका लागि चितवनबाट १७ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जसमध्ये उम्मेद्वारी फिर्ताका लागि दिएको समयसीमामा भरतपुर महानगरपालिकाकी उपप्रमुख समेत रहेकी पार्वती शाह ठकुरीले उम्मेद्वारी फिर्ता लिइन् । अन्यले फिर्ता लिएका थिएनन् ।
तर राति अवेर केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी विनु रायमाझी पौडेलले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरिन् । जस अनुसार हाल १५ जना चुनावी मैदानमा छन् । ती मध्ये ९ जना मात्रै टिममा परेका छन् भने बाँकी उम्मेद्वार स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।
कसको टिममा को परे ? हेर्नुहोस् सूची
संस्थापन समूह (शेरबहादुर देउवा टिम)
खर्स आर्यतर्फको केन्द्रीय सदस्यः
१. प्रकाश अधिकारी
आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यः
१. उमेश श्रेष्ठ
दलित (महिलातर्फ) केन्द्रीय सदस्यः
१.शान्ति परियार (वि.क)
संस्थापनइतर समूह (डा.शेखर कोइराला टिम)
खुला केन्द्रीय सदस्यः
१ प्रा.डा.तीर्थ खनिया
२.दिनेश कोइराला
आदिवासी जनजाति केन्द्रीय सदस्यः
१.जीतनारायण श्रेष्ठ
२. टेकप्रसाद गुरुङ
थारु (खुल्ला) केन्द्रीय सदस्यः
१.साजन कुमार महतो
खस आर्य केन्द्रीय सदस्यः
१.गीता देवकोटा
























