Breaking News

चितवनबाटै धेरै उम्मेद्वार भए, अरुलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएः पार्वती शाह

०
Banner

चितवन, मंसिर २६–

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले उम्मेद्वारी फिर्ता लिएकी छन् ।

शाहले शनिबार खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी थिइन् । चितवनबाट धेरै जनाले उम्मेद्वारी दर्ता गराएपछि आफूले उम्मेद्वारी फिर्ता लिएको शाहले नारायणी अनलाइनलाई जानकारी दिइन् । ‘हामी चितवनबाटै धेरै उम्मेद्वार भयौं, त्यसैले अरु नेताहरुलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएकी हुँ’–शाहले भनिन् ।

उनले चितवनबाट उम्मेद्वारी दिएकाहरुलाई जिताउन आफू लागि पर्ने बताइन् । उपमेयर शाह नेपाल महिला संघ चितवनकी अध्यक्ष समेत हुन् । उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् । केन्द्रीय समितिका लागि शनिबार शाहसहित चितवनबाट १७ जनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>