Breaking News

चितवनबाटै धेरै उम्मेद्वार भए, अरुलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएः पार्वती शाह

Banner

चितवन, मंसिर २६–

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले उम्मेद्वारी फिर्ता लिएकी छन् ।

शाहले शनिबार खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी थिइन् । चितवनबाट धेरै जनाले उम्मेद्वारी दर्ता गराएपछि आफूले उम्मेद्वारी फिर्ता लिएको शाहले नारायणी अनलाइनलाई जानकारी दिइन् । ‘हामी चितवनबाटै धेरै उम्मेद्वार भयौं, त्यसैले अरु नेताहरुलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएकी हुँ’–शाहले भनिन् ।

उनले चितवनबाट उम्मेद्वारी दिएकाहरुलाई जिताउन आफू लागि पर्ने बताइन् । उपमेयर शाह नेपाल महिला संघ चितवनकी अध्यक्ष समेत हुन् । उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् । केन्द्रीय समितिका लागि शनिबार शाहसहित चितवनबाट १७ जनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>