Breaking News

देउवा टिमबाट केन्द्रीय सदस्यमा भिड्दै चितवनका प्रकाश अधिकारी

Banner

चितवन, मंसिर २६–

चितवनका प्रभावशाली नेता प्रकाश अधिकारी संस्थापन समूह (सभापति शेरबहादुर देउवा टिम)बाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।
काठमाडौँमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोलि (सोमबार) मतदान हुँदैछ । शनिबार नेता अधिकारीले देउवा टिमबाट खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । उनी आज (आइतबार) विहानैदेखि प्रतिनिधिसँग मत माग्नमा कस्सिएका छन् ।
अधिकारी २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसमा पुर्‍याएको योगदानले उनको छवि लोकप्रिय छ ।

विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भइ स्कुल कलेजको अध्यक्ष हुँदै स्ववियु सभापति पदको उम्मेद्वार, नेविसंघ, चितवनको निर्वाचित सभापति र एनपि साउदको नेतृत्वकालमा केन्द्रीय सदस्यसम्मको नेतृत्व सम्हालेर कांग्रेस राजनीतिमा अनुभव संगालेका छन् ।

विद्यार्थी राजनीतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सदस्य, नेपाल प्राध्यापक संघको केन्द्रीय महासचिवको जिम्मेदारी वहन गरी सकेको अधिकारी नेपाली कांग्रेसको संगठनलाई मजबुद बनाउन निरन्तर लागि परेका छन् । त्यसक्रममा नेपाली कांग्रेस चितवन जिल्ला कार्य सम्पादन समितिको सदस्य, १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भइसकेका अधिकारी चितवन जिल्ला सभापतिको प्रतिस्पर्धी समेत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>