Breaking News

नेपाली कांग्रेस बागमती प्रदेशमा चितवनका १५ जना निर्वाचित

Banner

चितवन, मंसिर २२–

नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनबाट प्रदेश समितिमा चितवनबाट १५ जना निर्वाचित भएका छन् । भूगोल, खुल्ला, आरक्षणलगायत क्षेत्रबाट प्रदेश समिति सदस्य पदमा १५ जना निर्वाचित भएका हुन् ।

प्रदेश समितिमा निर्वाचित हुनेहरुमा कुमार कार्की, महेश रौनियार, रामेश्वर सिंह ओली, कृष्ण कुमार श्रेष्ठ, प्रा डा केशवभक्त सापकोटा, दिर्घमान श्रेष्ठ, देवकी गौतम रहेका छन् । यस्तै निर्वाचित हुनेमा ओम प्रसाद डल्लाकोटी, रुकु अधिकारी, तारा गुरुङ, गीता गुरुङ, निर्मला पण्डित, कामस्यो गुरुङ, रेशम दराई र प्रउज्वल दवाडी रहेका छन् ।

प्रदेश पदाधिकारीमा चितवनबाट कोही पनि परेनन् । उपसभापतिमा लडेका राजेन्द्र बुर्लाकोटी पराजित भएका छन् । बागमती प्रदेश सभापतिमा प्रदेश सांसद समेत रहेका मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>