चितवन विशेष

चितवनका युवा व्यवसायी भट्टराई नाडाको केन्द्रीय सदस्यको उम्मेद्वार

Banner

चितवन, मंसिर २२–

चितवनका युवा व्यवसायी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । अध्यक्षका उम्मेद्वार करण चौधरीको प्यानलबाट भट्टराईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

सफल मोटर्स प्रा. लि. तथा दुर्गा एण्ड सन्स् प्रा. लि. का प्रबन्ध निर्देशक भट्टराई सबै व्यवसायीहरु माझ लोकप्रिय छन् । शान्त स्वभावका भट्टराई भारी मतान्तरका साथ विजयी हुने विश्वास गरिएको छ । उनी अटोमोवाइल्स एसोसिएसन अफ चितवनका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले चितवनमा अटो मोबाइलको क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आइरहेका छन् ।

चितवनमा अटोल्याण्ड स्थापनाका लागि भट्टराईले सुरुदेखि नै पहल गर्दै आइरहेका छन् । केन्द्रीय सदस्यका उम्मेद्वार भट्टराईले आफूलाई सबैले मत दिएर भारी मतका साथ विजयी गराउनेमा विश्वास व्यक्त गरे । ‘सबैबाट सकरात्मक प्रतिक्रिया पाएको छु, मलाई अमूल्य मत दिएर जिताई दिन सबै व्यवसायीहरुमा अनुरोध गर्दछु’–भट्टराईले नारायणी अनलाइनसंग भने ।

युवा व्यवसायी भट्टराई विगत २७ वर्षदेखि अटोमोबाइल क्षेत्रमा आवद्ध छन् ।

नाडाको अधिवेशन मंसिर २२ र २३ गते काठमाडौँमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>