चितवन विशेष

गैंडाकोटको अक्सफोर्ड कलेजले पायो ‘इएसक्वीआर अवार्ड’

Banner

चितवन, मंसिर २२–

नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

कलेजले आज (बुधबार) पत्रकार सम्मेलन गरि कलेजले दि क्वालिटी अचिभमेन्ट अवार्ड २०२१ प्राप्त गर्न सफल भएकोे जनाएको छ । कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले गुणस्तर अनुसन्धानका लागि युरोपेली समाज (ESQR) संस्थाले गुणस्तरीय उपलब्धि पुरस्कार (ESQR Award) प्रदान गरेको जानकारी दिए । सो अवार्ड यही मंसिर २५ गते युएईमा प्रदान गर्न लागिएको हो । यसका लागि कलेजका प्रमुखसहित १६ जनाको टोली भोलि (बिहीबार) युएई प्रस्थान गर्दैछ ।

यस अवार्ड हालसम्म बीएम डब्लु ग्रुप, एयर क्यानडा, डेल्टा एयर अमेरिकालगायत विश्वका चर्चित ८३ वटा संस्थाले प्राप्त गरि सकेका छन् । यो अवार्ड प्राप्त गर्ने अक्सफोर्ड नेपालकै पहिलो संस्था भएको छ । स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको यस संस्थाले संसारभरका कम्पनी, सार्वजनिक प्रशासन, र अन्य संस्थाहरुको गुणस्तर सम्बन्धी चेतना अभिवृद्धि गर्ने, गुणस्तरबाट छानिएका संसारभरका संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ ।

अक्सफोर्ड कलेजले यो अवार्डसहित हालसम्म स्वदेशी तथा विदेशी गरि १८ वटा अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेजका प्रमुख भण्डारीले यस प्रकारको अवार्डले कलेजको स्तर बढाउनुको साथै अध्ययनर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय बजारमा बिकाउन सफल हुने बताए । अन्तर्राष्ट्रिस्तरमा अक्सफोर्डका नाम समावेश हुने भएकाले विद्यार्थीहरुलाई उच्च शिक्षादेखि अन्य उपलब्धिका लागि अवार्डले महत्वपूर्ण सहयोग पु¥याउने बताए । ‘अवार्डले कलेजको गरिमा त बढाउ छ नै, अन्तर्राष्ट्रिय बजारमा हाम्रा विद्यार्थीको महत्व पनि बढाउँछ’–कलेजका प्रमुख भण्डारीले भने ।

पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त यस कलेजले विश्वविद्यालयबाट सर्वाधिक गोल्डमेडल पाउने कलेजमा पर्दछ । वि.सं.२०५७ सालमा पोखरा विश्वविद्यालयबाट बीसीए र तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट प्लस टु (व्यवस्थापन र कम्प्युटर विज्ञान) मान्यता लिई कलेजमा अध्यापन सुरु भएको थियो । यस कलेजमा हाल २ हजार २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले सरकारी नियम अनुसार १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>