कर्पोरेट

‘टेस्ला’ बन्यो चितवन महोत्सवको मुख्य प्रायोजक

Banner

चितवन, मंसिर २०–

चितवनकै ठूलो ‘चितवन महोत्सव’ यसवर्ष आगामि पुस २५ देखि सुरु हुँदैछ । यसपटक चितवनकै युवा उद्यमीले संचालन गरिहेको टेस्ला एयर कन्डिसनर मुख्य प्रायोजक बनेको छ ।

१३औं संस्करणको महोत्सव माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुन लागेको छ । गत वर्ष कोभिडका कारण महोत्सव संचालन हुन सकेको थिएन । १२औं संस्करणको महोत्सवमा पनि टेस्ला नै मुख्य प्रायोजक बनेको थियो ।

मुख्य प्रायोजकका लागि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र टेस्ला उत्पादक कम्पनी भूलक्ष्मी ग्रुपका तर्फबाट सुविवेक पराजुलीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा ग्रुपका अध्यक्ष किरण आचार्य उपस्थित थिए ।

चितवनकै गौरवको रुपमा रहेको चितवन महोत्सवमा पुनः मुख्य प्रायोजकको भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको अध्यक्ष आचार्यले बताए । उनले चितवनबासी भएका हिसाबले महोत्सवलाई सफल बनाउनु आफ्नो दायित्व रहेको भन्दै सोही अनुरुप महोत्सव सफल बनाउन सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले महोत्सव सफल बनाउन सबै शक्ति लगाउने बताए ।

वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवनको प्रवद्र्धकमा महोत्सव संचालन हुँदै आइरहेको छ । महोत्सवको मुख्य प्रायोजक टेस्ला चितवन स्थित भूलक्ष्मी ग्रुपले उत्पादन गर्दै आएको नेपाली ब्रान्डको एयर कन्डिसनर हो । पछिल्लो समय नेपाली बजारमा टेस्लाले राम्रो प्रभाव छोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>