स्वास्थ्य

ओमिक्रोनसँग विश्व डराउनु पर्देन,सतर्क हुन आवश्यकः डब्लूएचओ

Banner

एजेन्सी,मंसिर १८-

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’

हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन्। कोभिड–१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने गरेको डब्लूएचओले उल्लेख गरेको छ। सो भेरियन्ट निकै संक्रामक रहेको वरिष्ठ वैज्ञानिक स्वामिनाथनले बताइन्। हाल विश्वका ९९ प्रतिशत भेरियन्ट हाल डेल्टाको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>