Breaking News

चितवनमा मेक्स मि ई–कमर्स इन्टरनेशनलको गैरकानुनी धन्दाः इजाजत नै नलिई बैंकिङ कारोबार

Banner

चितवन, मंसिर १९–

चितवनको भरतपुर महानगरपालिका वडा न. १० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि चितवन प्रहरीले संचालकलाई पक्राउ गरको छ ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो व्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।

ठगी गरेको भन्ने सुचना प्राप्त भएपछि चितवन प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी समेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका वडा न.७ बस्ने वर्ष २७ का तिमिल्सेनालाई मंसिर ६ गते नै पक्राउ गरेको थियो । उनलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान सजाय हुन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>