Breaking News

चितवनमा जग्गाको कारोबार बढ्यो, मालपोतमा चार महिनामा ६७ करोड बढी राजस्व संकलन

Banner

चितवन, मंसिर १९-

गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष साउनदेखि कात्तिक मसान्तसम्ममा भरतपुर महानगरपालिकामा घरजग्गा किनबेचबाट उठ्ने रजिस्ट्रेसन दस्तुर संकलनमा दोब्बरभन्दा बढीले बढेको छ ।

गत वर्ष साउनदेखि कात्तिक मसान्तसम्मको चौमासिक अवधिमा रष्ट्रिशन दस्तुरमार्फत १९ करोड, ३९ लाख २५ हजार १२५ रुपैयाँ राजस्व संकलन भएकोमा सोही अवधिमा यस आर्थिक वर्षमा सो दस्तुर बढेर ५३ करोड २२ लाख चार हजार २२४ रुपैयाँ संकलन भएको छ । भरतपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारीले अघिल्लो वर्ष कोरोना संक्रमणको कारणले पनि कम राजस्व संकलन भएको बताए । उनले राजस्व संकलनको हिसाबले भरतपुर काठमाडौँ उपत्यका बाहिर अग्रणी स्थानमा आउने जानकारी दिए ।

भरतपुर मालपोत कार्यालयका कम्प्युटर अपरेटर विष्णु भुसालले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष साउनदेखि कात्तिक मसान्तसम्म महिला, दलित र ज्येष्ठ नागरिकलाई सात करोड ७१ लाख६८ हजार ७०८ रुपैयाँ राजस्वमा छुट दिएको छ । छुटसहितको सबै राजस्व रकम जोड्दा यसअवधिमा ६७ करोड ९७ लाख ४२ हजार १०९ रुपैयाँ जम्मा आम्दानी भएको छ ।

चितवनका घरजग्गा व्यवसायी बाबुराम अधिकारीले जग्गाको कित्ताकाँट नखुलाएको भए पनि मालपोत कार्यालयले भित्रभित्र गोप्यरुपमा किनबेच गरिरहेकोले राजस्व बढेको पाइएको आरोप लगाए । उनले भने, ‘भरतपुर मालपोत कार्यालय भित्र नियम प्रक्रिया पु¥याएर गोप्यरुपमा कारोबार हुने गर्छ । खुलारुपमा कित्ताकाँट गर्न नदिएर सरकारले गोप्यरुपमा कर्मचारीलाई कमाएर खाउ भनेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>