खेलकुद

इन्टर डोजो कराते किड्स च्याम्पियनसीपमा हिमालीपथ प्रथम

Banner

चितवन, मंसिर १८–

चितवनमा इन्टर डोजो कराते किड्स च्याम्पियनसीप–२०७८ सम्पन्न भएको छ । अंकुरम एकेडेमीको सहकार्यमा अल मार्सल आर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा ४७ पुरुष र ३६ महिला गरि ८३ खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा पुरुष अन्तरगत १८ केजीतर्फमा हिमालीपथ डोजोका सामेल खड्का प्रथम र हिमालीपथ डोजोकै आरुष लामिछाने द्धितिय भए ।
यस्तै २० केजीतर्फ हिमालीपथ डोजोका परुषोत्तम पहाडी प्रथम, आरुष जोशी द्धितिय, केल्भिन खड्का र अभिनास श्रेष्ठ तृतीय स्थान हासिल गरे ।
२५ केजीतर्फ हिमालीपथ डोजोका प्रनिश मोक्तान प्रथम, श्री दुर्गा भगवती डोजोका ब्रिसब रेग्मी द्धितिय, हिमालीपथ डोजोका प्रशन्न धरेल र अंकुरम एकेडेमीका पृथ्वीध्वज कार्की तृतीय भए ।
३० केजीतर्फ हिमालीपथ डोजोका हिमाल काफ्ले प्रथम, सुभम कुमाल द्धितिय, अंकुरम एकेडेमीका स्वर्णिम घिमिरे र साक्षत केसी तृतीय भए ।
३५ केजीतर्फ हिमालीपथ डोजोका श्रीआंस लामिछाने प्रथम, अंकुरम एकेडेमीका आर्योन पाठक द्धितीय, सुवांस केसी र कुशल तिमिल्सिना तृतीय भए ।
४० केजीतर्फ श्री दुर्गा भगवती डोजोका बीरध्वज सिंह प्रथम, हिमालीपथका दिप्सन चापागाई द्धितीय, अंकुरम एकेडेमीका दियान पौडेल तृतीय भए ।
४५ केजीतर्फ अंकुरमका सिमान्सु थापा प्रथम, हिमालीपथका सर्जन तामाङ द्धितीय, दुर्गा भगवतीका अलोन तामाङ र हिमालीपथका दीप श्रेष्ठ तृतीय भए ।
पुरुषतर्फ सर्जन तामाङ उत्कृष्ट खेलाडी घोषित भएको आयोजक कमिटीका प्रमुख प्रजिल श्रेष्ठले जानकारी दिए ।


त्यसैगरि महिला अन्तरगत २५ केजीतर्फ अंकुरमकी श्रीद्धि कर्माचार्य प्रथम, हिमालीपथकी कृतिका वाग्ले द्धितीय, अंकुरमका श्रेया शर्मा र आश्ना पौडेल तृतीय भए ।
३० केजीतर्फ ऐश्वर्या ओझा प्रथम, श्रीस्ता कार्की द्धितीय, आध्या रेग्मी र कलश घिमिरे तृतीय भए ।
३५ केजीतर्फ बृक्षा सुवेदी प्रथम, विभूती अधिकारी द्धितीय, कृतिका भट्टराई र अविन्या कार्की तृतीय भए ।
४० केजीतर्फ तृसा मगर प्रथम, रिमिशा गुरुङ द्धितीय, इभानी मगर र दिपिका रसाईली तृतीय भए ।
४५ केजीतर्फ आर्या पाठक प्रथम, कृशा नेपाली द्धितीय, अस्मिता बानिया र बिग्यता भट्टराई तृतीय भए ।
५० केजीतर्फ डेजी गुरुङ प्रथम, सलुजा लामा द्धितीय, सुजेन रायमाझी तृतीय भए । महिलातर्फ श्रीद्धि कर्माचार्य उत्कृष्ट खेलाडी घोषित भइन् ।

यस्तै ७ गोल्ड मेडलसहित हिमालीपथ डोजो प्रथम डोजो भएको छ भने ५ गोल्ड मेडलसहित अंकुरम एकेडेमी द्धितीय भएको छ । अनुशासित डोजोमा श्री दुर्गा भवानी डोजोले अवार्ड प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>