Breaking News

नारायणी किनारमा सी बीच मोडलको पूर्वाधारः प्रचण्डले गरे शिलान्यास

Banner

चितवन, मंसिर १८–

नारायणी नदी किनारलाई सी बीच मोडलमा विकास गर्ने लक्ष्य अनुरुप पूर्वाधार निर्माणका कामहरु अगाडि बढाईएको छ ।

सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको कामको शनिबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र प्रवक्ता एवं वडा नं.१० का अध्यक्ष अरुणपीडित भण्डारी सरिक थिए ।

यस मोडल अन्तरगत २.५ किलोमिटर पैदल मार्ग, ३ वटा पार्किङस्थल निर्माण र जग्गा व्यवस्थापन गरिने छ । पर्यटन बोर्डले आह्वान गरेको बोलपत्र अनुरुप ६ करोड ६७ सालमा ठेकेदार कम्पनीले स्वीकार गरि कार्य अगाडि बढाईएको छ । यसका लागि लुम्बिनी/खानी/सिएम जेभीले ठेक्का स्वीकार गरेको हो । करिव ३० विघा क्षेत्रफल भित्र बन्न लागेको पैदल मार्ग २५ देखि १०० मिटर चौडाको हुने छ ।

२०७८ वैशाख २० मा सम्झौता भएपनि प्रतिकुल मौषमका कारण काम अघि बढ्न सकेको थिएन । सम्झौता अनुसार २०७९ साउन १९ भित्रमा सबै काम सक्नुपर्नेछ । स्मार्ट सिटी परियोजना अन्तरगत बनेको डीपीआरको आधारमा अहिले पैदल मार्ग र पार्किङ स्थान निर्माण गर्न लागिएको भरतपुर महानगरपालिकाकी आर्किटेक इन्जिनियर अस्मिता खनालले जानकारी दिइन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताइन् । जसका लागि रु २९ करोड आवश्यक हुने उनको भनाइ थियो ।

दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य सङ्घसँग मिलेर रु ९७ लाखको १.४ किलोमिटर पदमार्ग निर्माण गरी सकिएको छ । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उनको भनाई थियो ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं.१० का अध्यक्ष अरुणपीडित भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>