Breaking News

लगातार छैटौं साता पनि विश्व बजारमा घट्यो तेलको भाउ

Banner

काठमाडौँ, मंसिर १८-

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगीले तेल उत्पादन बढाएसँगै अन्तर्राष्ट्रिय बजारमा लगातार छैटौं साता पनि पेट्रोलियम पदार्थको भाउमा गिरावट आएको छ।

ओपेक र उसका सहयोगी मुलुकले आगामी जनवरीबाट प्रतिदिन ४ लाख ब्यारेलले उत्पादन बढाउने निर्णय गरेका छन्।

त्यस्तै लामो समय सन् २०१८ पछि पहिलो पटक तेलको भाउमा निरन्तर घटेको हो। विशेषगरी ओमिक्रोन भेरियन्टबारे फैलिएको आशंकाले तेलको भाउ घट्नमा सहयोग पुगेको र यस साता अमरिकी कच्चा तेलको भाउ २.८ प्रतिशतले घट्यो।

प्रतिब्यारेल ८५ डलरको हाराहारीमा पुगेका अमेरिकी कच्चा तेल र ब्रेन्ट कच्चा तेलको भाउ अहिले प्रतिब्यारेल ७० डलरभन्दा कम छ।

पछिल्लो समय तेलको माग अत्यधिक हुँदा भाउ घट्न सकेको थिएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>