अन्तर्राष्ट्रिय

दिल्ली एयरपोर्टमा भेटिन थाले ओमिक्रोनका संक्रमित

Banner

नयाँ दिल्ली, मंसिर १६-

नयाँ दिल्ली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्दा भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट  पुष्टि भएको छ।

भारतीको दैनिक इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले लेखेको समाचार अनुसार पेरिसबाट आएका तीनजना र लन्डनबाट आएका एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

त्यस्तै ओमिक्रोन संक्रमण देखिएका विदेशी नागरीकलाई लोक नायक अस्पताल पुर्‍याइएको छ ।

दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक देखिएको थियो। त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै मुलुकलाई आग्रह गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>