Breaking News

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने गरी स्थगित

Banner

चितवन, मंसिर १६

नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेको चितवनसहित अन्य जिल्लाका अधिवेशनसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रेस विज्ञप्ति जारी गरी जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी जिल्लाहरुको जिल्ला कार्य समितिको निर्वाचनलगायत जिल्ला अधिवशेनका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको जनाएको ह ो।

समितिका सचिव जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार ती जिल्लाका स्थगित अधिवेशन पार्टीको महाधिवेशनपछि मात्रै हुनेछन् । ‘पार्टीको आगामी १४औँ महाधिवेशनपश्चात केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

निर्वाचन समितिका अनुसार बुधबारसम्म देशका ६२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज सातै प्रदेशमा प्रादेशिक अधिवेशन रहेको छ।
प्रदेश २ का ८ जिल्लामै अधिवेशन हुन बाँकी छ । यहाँका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी र धनुषामा जिल्ला अधिवेशन भएको छैन । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन भएको छैन । गण्डकीमा नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ । लुम्बिनीमा बाँकेबाहेकका जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>