Breaking News

निर्वाचन परिणाम स्वीकार्छु, तर केन्द्रीय सदस्यमा बस्दिनँः भीम रावल

Banner

चितवन,मंसिर १४-

अध्यक्षमा उम्मेदवारी दिएका एमाले नेता भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन्।

चितवनमा जारी एमालेको दसौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन्। उनले निर्वाचन परिणाम जे आएपनि स्वीकार्ने तर, एमालेको केन्द्रीय सदस्यमा भने नबस्ने पनि प्रष्ट पारेका छन्।

एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो। रावल एमाले अध्यक्ष केपी ओलीसँग अध्यक्षका प्रतिस्पर्धामा छन्। यो प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने घोषणा उनले गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>