देश/प्रदेश

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार

Banner

काठमाडौँ, मंसिर १३-

 नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको बताएकी हुन् ।

पुनलाई गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो। उपचार सुरू गरेको चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको नेता पुनकी पत्नीले जानकारी दिइन्।

पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन् । चीनमा उनको उपचार गर्न तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

त्यस्तै उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा सन्चो भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>