Breaking News

रावलले भनेः सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ, म चुनावमा नै जान्छु

Banner

चितवन,मंसिर १३-

एमाले उपाध्यक्ष भीम रावलले आफू चुनावमा नै जाने बताएका छन् । अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका रावलले सम्पूण प्रक्रियामा असहमति जनाउँदै निर्वाचनमा जाने बताएका हुन् । आइतबार राति ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रसमक्ष पेस गरेका थिए । त्यसमा रावलको नाम पनि छ ।
तर, रावलले भने आफू चुनावमै जाने अडान दोहोर्‍याएका हुन् । नेतृत्व चयनका लागि भएका सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ । म चुनावमा नै जान्छु,रावलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>