Breaking News

एमाले महाधिवेशनः सहमतीका लागि नेताहरु विहानैदेखि छलफलमा

Banner

चितवन,मंसिर १२ –

नेकपा (एमाले)को चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो ।

महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाका अनुसार सहमतीका प्रयासका लागि विभिन्न खालका छलफलहरु भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले यसका लागि आवश्यक गृहकार्यहरु अगाडी बढाइरहनुभएको छ । आज विहान १० बजे बन्दसत्र सुरु हुने र त्यसपछि थप छलफल अघि बढ्ने थापाले बताउनुभयो । अधिकांस नेता कार्यकर्ताको जोड सहमतीमा नै नेतृत्व चयन हुनुपर्ने भन्नेमा रहेकाले त्यसका लागि सबै प्रयासहरु गरिने उहाँको भनाई छ ।

महाधिवेशन प्रचार कमिटी सचिव गगन विष्टका अनुसार नेताहरु सहमतीका लागि जुटिरहेको र आजै टुङ्गिने बताउनुभयो । उहाँले भन्नुभयो,‘एकताको सन्देश दिनेगरी महाधिवेशनले एउटा निर्णय गर्नेछ,यसले कार्यकर्तामा थप उर्जा प्रदान गर्नेछ ।’ महाधिवेशनपछि नेता कार्यकर्ताहरु जिल्लमा संगठन थप मजवुत बनाउन लाग्ने बताउनुभयो ।
शनिवारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकारी दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५, २५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नुहुनेछ । शनिवार दिनभरपनि सहमतीका लागि छलफलहरु भएका थिए । देशभरबाट आएका नेता कार्यकर्ताहरु नेतृत्वलाई सहमतीका लागि दबाब दिइरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>