Breaking News

पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता हुनुपर्छ: अध्यक्ष ओली

Banner

चितवन, मंसिर ११-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा होइन एकता हुनुपर्छ भनेर सहमतिमा नै नेतृत्व हुनुपर्नेतर्फ संकेत गरेका छन् ।

नेकपा एमालेको सौराहामा भएको बन्द शत्रको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सो बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टीभित्र केही असन्तुष्टि रहे पनि प्रतिनिधिहरु देशभरबाट सर्वसम्मतरुपमा आएको बताए । उनले भने, ‘पार्टीभित्र एकता र सहमति महत्वपूर्ण महत्वपूर्ण विषय हो । पार्टीभित्रको प्रतिस्पर्धा कामको मूल्यांकनको आधारमा हुन्छ । अरु पार्टीसँग प्रतिस्पर्धा हुन्छ तर आफ्नो पार्टीभित्र एकता मुख्य हुन्छ ।’

अध्यक्ष ओलीले पार्टीभित्र एकता मुख्य रहेको पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा नभएको बताए । उनले चौतर्फी घेराबन्दी भएको बेला अझ पार्टीलाई सुदुढ बनाएर योगदान गर्ने सबैलाई धन्यवाद दिए । उनले आफ्नो स्वास्थ्य कमजोर भएकोले भोलि के हुन्छ थाहा नभएको तर अगाडि सक्षम नेताहरु देख्दा आशा पलाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>