Breaking News

हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेका छन्: ओली

Banner

चितवन, मंसिर १०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको बताएका छन् ।

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दैै नेता ओलीले सो बताएका हुन् । उनले यो सभामा प्रधानमन्त्री देउवालाई अतिथि बनाएर धेरै आलोचना गरिरहनु पर्देन भन्दै उनले मेरा खुट्टा तान्नेहरु उहाँको खुट्टा तानिरहेका छन् । उनले भने, ‘प्रधानमन्त्री देउवाले चाहेर पनि काम गर्न सक्नुहुन्न । काम गर्न दिँदैनन् । आउँदो चुनावमा एमालेको सरकार बन्छ । मन्त्रीको झण्डा लिएर मन्त्री भएँ भनेर कुद्दै हिडेका छन् । त्यस्ताले देशको लागि केही गर्दैनन् ।’ उनले प्रचण्डलाई लक्षित गर्दै कसलाई मन्त्री बनाउन र कसलाई मेयर बनाउन रहेछ सबैले देखेको बताए । उनले पूर्वलडाकुहरुलाई एमाले प्रवेश गर्न आव्हान गर्दै भने, देखिहाल्नु भयो । तपाइँहरुले मन्त्री बनाउने राजमार्ग त बनाइदिनु भयो । त्यसको फाइदा लिने को हो, बर्हिगमित लडाकुहरु भएनन्, हिजोका पीएलएहरु भएनन् ।’ उनले माओवादी विद्रोहमा लडाकुहरुलाई होमेर त्यसको फाइदा नेताहरुले लिएको विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>