Breaking News

समृद्धिको लागि कम्युनिस्ट पार्टीहरुबीचको एकता र सहकार्य आवश्यक छ: पोखरेल

Banner

चितवन, मंसिर १०-

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले देशको विकास र समृद्धिको लागि कम्युनिस्ट पार्टीहरुबीचको एकता अनिवार्य भएको बताएका छन् ।

नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै नेता पाखरेललले सो विचार राखेका हुन् । उनले अहिले विभिन्न कारणले विभक्त मनोविज्ञान लिएका कम्युनिस्ट पार्टीहरु भोलि फर्किएर एकताबद्ध हुने विचार राखेका छन् । उनले भने, ‘एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ । एकता, संघर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो । कम्युनिस्ट पार्टीहरुको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक छ । राष्ट्रिय विकासमा समृद्धिका लागि कम्युनिस्ट पार्टीको एकता र ध्रुविकरण अनिवार्य छ ।

उनले भने, ‘सहकार्य र सहमतिबाट आजको लोकतन्त्र सम्भव भएको हो । नत्र आज पनि राजाको निरंकुश शासन चलिरहेको हुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>