Breaking News

चुच्चे नक्सा सार्वजनिक गरेर ओलीले अविस्मरणीय गुन लगाए: थापा

Banner

चितवन, मंसिर १०-

राप्रपाका अध्यक्ष कमल थापाले केपी ओलीले विगतमा निडरताका साथ निकै शाहसी काम गरेको बताएका छन् ।

एमालेको १० औं महाधिवेशनमा शुभकामना मन्तव्यमा कमल थापाले एमालेका अध्यक्ष केपी ओलीको प्रशंसा गर्दै दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले ऐतिहासिक योगदान पु¥याउन सक्ने बताए । उनले भने, ‘ केपी ओलीसँग सरकारमा काम गर्ने समय पाएको थिए । देशमा आन्दोलनको आगो बलिराखेको थियो । भारतीय नाकाबन्दीले यो अवस्थामा, मलाई गौरबको अनुभव हुन्छ । हामीले राष्ट्रिय स्वाभिमानलाई एक इन्च पनि कम गरी भारतीय आन्दोलन अन्त्य गर्न सफल भयौं ।’ उनले चीनसँग व्यापार र पारवाहन सम्झौंता गर्न सफल भएको बताए । उनले भने, ‘ओली सरकारको कदमबाट नेपालको इज्जत र प्रतिष्ठा बढाउन सफल भयौं । मधेसको पृथकतावादी आन्दोलन र विप्लब माओवादीलाई शान्तिपूर्ण अभियानमा ल्याएको छ । लिम्पियाधुरा समेटेर नेपालले आफ्नो सीमाको रक्षाको प्रतिबद्धता व्यक्त गरेको छ । अविस्मरणीय गुण लगाउनु भएको छ । ’ अझै यस महाधिवेशनबाट शाहसीक निर्णयको अपेक्षा गरेको छ ।

उनले एमाले महाधिवेशनलाई शक्ति केन्द्रहरुले हेरिराखेको भन्देै यो महाधिवेशनले के सन्देश दिन्छ भन्ने उत्सुकतासाथ प्रतिक्षा गरिराखेको बताए । उनले २०६३ सालको राजनीतिक परिवर्तनपछि दिगो, शान्ति र समृद्धिको बाटो तय ग¥यौं तर कहाँ जान हिडेका थियौं कहा आइपुगेका छौं भनेर प्रश्न गरे । उनले भने, ‘ देश संकटको भूमरीमा परेको छ । धर्म परिवर्तनले सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भएको छ । सर्वाधिक भ्रष्टाचार व्याप्त भएको छ । ४० लाख बढी नेपाली युवाहरु मलेसियाको जंगल र अरबको मरुभूमिमा रगत बगाउन बाध्य भएका छन् । बाहिरी देशको प्रभाव बढेको छ , रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखिएको छ । यसले तपाइँहरुबाट शाहसीक निर्णयको अपेक्षा गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>