Breaking News

एमाले महाधिवेशनको कारणले नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित

Banner

चितवन, मंसिर ९

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ ।

नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतबाट भोलि शुक्रबार र पर्सि शनिबारका लागि तोकिएको जिल्ला अधिबेशन स्थगित गरेको हो ।

प्रदेश अधिवेशन पछि गर्ने गरी सार्न निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिबेशन स्थगन गरेको कांग्रेस चितवनले जनाएको छ ।

भोलि १० गते नेकपा एमालेको केन्द्रीय अधिवेशनको उद्घाटन नारायणगढमा हुने हुदा स्थानीय प्रशासनले बिहान १० देखि ३ बजेसम्म नगरमा यातायात प्रवेशमा रोक लगाएका कारणले उम्मेदवारले मनोनय दाखिला गर्न समस्या हुने भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ । पहिलो चरणमा निर्वाचन नसकिने सभ्भावना भएको समय बढ्न सक्ने देखिएकाले आवासमा समस्या रहेको कांग्रेसको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>