गण्डकी

लमजुङका एमाले अध्यक्ष दवाडीद्वारा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Banner

चितवन, मंसिर ९-

नेकपा एमाले लमजुङका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले पार्टीको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष दवाडीले आज चितवनमा आएर उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीको संगठनलाई थप मजबुद बनाउँदै वैचारिक र सांगठनिकरुपमा एमालेलाई सबल बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

विद्यालय जीवनदेखि राजनीति सुरु गरेका दवाडी २०३९ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन लमजुङको जिल्ला अध्यक्ष हुँदै २०४४ सालमा केन्द्रीय सदस्य बनेका थिए । २०४४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले विसं २०५४ सालमा लमजुङ जिल्लाको पूर्वी क्षेत्रको विकट गाउँ विचौर गाउँविकास समितिको अध्यक्ष भएर काम गरे ।

एमालेको छैटौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका दवाडी जिल्ला कमिटी सदस्य हुँदै २०६९ मा जिल्ला कमिटी अध्यक्ष बनेका थिए । पार्टीको केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका दवाडी पत्रकारिता, प्राध्यापनमा सक्रिय रहँदै आएका छन् । उनी लमजुङबाट गण्डकी प्रदेश सभामा २०७४ सालमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>