Breaking News

एमाले महाधिवेशनः लाखौं मानिसले हेर्न मिल्ने गरी भरतपुरका २० ठाउँमा एलसीडी बोर्ड राखिँदै

Banner

चितवन, मंसिर ८-

चितवनको नारायणी नदी किनारमा हुन लागेको एमालेको १० औं महाधिवेशनका लागि मञ्च बनाउँदा लाखौं मानिसलाई हेर्न मिल्ने गरी डिजाइनिङ गरिँदै छ ।

काठमाडौँको पुलचोक इञ्जिनियरिङ क्याम्पसका प्राविधिकहरुको सल्लाहमा भएको मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । पर्सी हुने उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने तयारी भएकोले पनि सोही अनुसार मञ्च निर्माणको काम भइरहेको प्राविधिकहरुले जनाएका छन् । हालसम्म मञ्च व्यवस्थापनको काम ७५ प्रतिशत काम सकिएको एमाले केन्द्रीय सदस्य एवम् स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

नारायणी नदी किनारमा बन्दै गरेको मञ्च निर्माणका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.भरत पहाडीको प्राविधिक टिमले सघाइरहेको छ । नारायणी नदी किनारमा चार वटा एलसीडी डिस्प्ले राख्ने काम सुरु भएको छ भने भरतपुर महानगरका विभिन्न २० स्थानमा उद्घाटन सभालाई प्रत्यक्ष रुपमा हेर्न एलसीडी बोर्ड राख्ने तयारी भइरहेको निर्माणमा खटिएका प्राविधिकहरुले जानकारी दिए । महानगरका विभिन्न स्थानमा जुलुसमा सहभागी हुन आउने व्यक्तिहरुका लागि ती बोर्डहरु राख्न लागिएको हो । यस्तै कार्यक्रमस्थलबाट ठीक पारीको नारायणी किनारमा पनि झन्डै एक लाख सहभागीलाई राख्ने योजना बनाइएको छ । नदी पारी पनि एलसीडी बोर्ड राखिने र त्यहाँसम्म वारीबाट तार कसरी पठाउने भनेर प्राविधिक टोलीले अध्ययन गरिरहेको श्रेष्ठले बताए ।

महाधिवेशन स्थलमा सजावटका कामसमेत थालिएको छ । सभास्थलमा ड्रोन क्यामेराहरू प्रयोग गरिनेछन् । उद्घाटन स्थलका गतिविधि ड्रोनबाट लाइभ गरिनेछ । उद्घाटनको मञ्चमा पनि ठूला ठूला एलईडी टीभी सेट राखिने छ । जसमा मञ्चमा रहेका अतिथिले पनि सबैतिरको दृश्य हेर्न सक्ने व्यवस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

रिपोटिङमा खटिने र प्रत्यक्ष प्रसारणमा लाई क्यामेरा राख्नका लागि मूल मञ्चको समदुरीमा छुट्टै बस्ने व्यवस्था गरिँदै छ । यद्यपि मिडियालाई प्रत्यक्ष प्रशारण गर्न सहजताका लागि एमाले नै ब्यवस्था गरेको क्यामेरा र प्रविधिको सहयोग लिन सकिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>