Breaking News

राज्यमन्त्री श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Banner

चितवन, मंसिर ७–

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

आज (मंगलबार) विहान सार्वजनिक मतपरिणाम अनुसार मन्त्री श्रेष्ठ नवौं नम्बरमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । चितवन क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधिमा लडेका मन्त्री श्रेष्ठ खुल्ला तर्फ १० जना निर्वाचित हुनुपर्नेमा नवौं नम्बरमा जित हात पारे । उनले ३२० मत प्राप्त गरे ।

यस क्षेत्रबाट कांग्रेस चितवनको सभापतिको उम्मेद्वार समेत रहेका डा.सूर्यकान्त घिमिरे सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>