Breaking News

कांग्रेस क्षेत्र नं.२ बाट को–को भए महाधिवेशन प्रतिनिधिमा निर्वाचित (नामसहित)

Banner

चितवन, मंसिर ७–

नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । यस क्षेत्रबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा टंकनाथ पौडेल (४९८), राजेश्वर खनाल (४६४), केशव महर्जन (४०५), मिलनबाबु श्रेष्ठ (४०२), राजकुमार राजभण्डारी (३७८), देवेन्द्र गुरुङ (३७४), इश्वरीराज लौडारी (३४९) र प्रकाश अधिकारी (३४१) निर्वाचित भएका छन् । खुल्लातर्फ १० जनाका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै महिलातर्फ सर्वाधिक ४८२ मतका साथ महिला अधिकारकर्मी मीना खरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । दोस्रो स्थानमा विनुरायमाझी पौडेल (४७६), तेस्रोमा गीताकुमारी गुरुङ (४५७) र चौथोमा निरु कार्की ३६८) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलातर्फ ४ जनाका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>