अर्थ

कोइलाको समस्याले इँटाको मूल्य वृद्धि

Banner

विराटनगर,मंसिर ७-

प्रदेश १ का ८५ इँटा उद्योगमध्ये अधिकांशले कोइलाको अभावमा काँचो इँटाको काम शुरू गर्न सकेका छैनन् ।

इँटा उद्योगमा प्रयोग हुने प्रमुख इन्धनको रूपमा रहेको पत्थर कोइला भारतबाट आायत हुन्थ्यो । अहिले भारतले कोइला निकासी प्रतिबन्ध लगाएपछि अहिले अमेरिका र इन्डोनेशियाबाट ३ सय प्रतिशतसम्म बढी मूल्य तिरेर ल्याउनु परिरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष तथा एवीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरेले २ वर्ष कोरोनाको कारण इँटा उत्पादननै हुन सकेन । यो वर्ष इँटा उत्पादन भए पनि कोइला र ज्याला बढेकाले मूल्य वृद्धि हुने बताए । उनका अनुसार यो वर्ष इँटाको मूल्य २३ रुपैया प्रतिगोटाबाट २५ रुपैयाँसम्म पुग्ने छ । २ वर्षअघि एक नम्बर इँटाको मूल्य प्रतिगोटा १८ रुपैयाँ थियो । ३ वर्षमा इँटाको मूल्यमा प्रतिगोटा ७ रुपैयाँ बढेको छ ।

९६ डलर प्रतिटनमा २ वर्ष अघिसम्म पाइने कोइला अहिले २८० डलर पुगेको छ । नेपालमा प्रतिटन ४० देखि ४२ हजार रुपैयाँसम्म पर्छ । तर, अमेरिका र इन्डोनेशियाबाट पानी जहाजबाट ढुवानी भएर आइपुग्न कम्तीमा ६ महीना लाग्ने भएकाले इँटा उद्योगलाई कोइलाको अभाव हुने भएको हो ।आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>