Breaking News

जग्गा दिनुस् चितवनमै बनाउँछौं शिक्षक अस्पतालः अर्थमन्त्री शर्मा

Banner

चितवन, मंसिर ६–

अर्थ मन्त्री जनार्दन शर्माले जग्गा उपलब्ध भए चितवनमै शिक्षक अस्पताल बनाउने घोषणा गरेका छन् ।

भरतपुर महानगरपालिकाले सोमबार आयोजना गरेको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आवश्यक जग्गा उपलब्ध भए चितवनमै शिक्षक अस्पताल बनाउने घोषणा गरेका हुन् । ‘हामीलाई तत्काल जग्गा चाहिएको छ, चिततवनमै जग्गा पाए यही अस्पताल बनाउँछौं’–अर्थमन्त्री शर्माले भने ।

उनले जग्गा उपलब्ध नभए कर्णालीमा शिक्षक अस्पताल खोल्ने भन्दै सकेसम्म चितवनमै जग्गा उपलब्ध गराउन आग्रह गरे । ‘मैले मेयर साबलाई भनिसके जग्गा दिनुहुन्छ त ठिकै छ चितवनमै बनाउँ नभए कर्णालीमा गए बनाउँछौं जसरी भएनी उपचार गर्ने त हो’–मन्त्री शर्माले भने ।

सरकारले शिक्षकहरुका लागि भन्दै छुट्टै अस्पताल खोल्ने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>