Breaking News

कांग्रेस चितवन क्षेत्र नं.२ मा ९९४ मत खस्यो, मतगणना केहीबेरमा

Banner

चितवन, मंसिर ६–

नेपाली कांग्रेस क्षत्रे नं.२ को निर्वाचनमा नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।

उद्योग वाणिज्य संघ, चितवन, नारायणगढमा भएको मतदानमा ९९४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत कमल मोहन पोखरेलले जानकारी दिए । मतगणना रातिदेखि नै सुरु भएको छ ।

क्षेत्र नं.२ को सभापतिमा भरत प्रसाद लामिछाने र लक्ष्मण गुरुङ चुनावी मैदानमा छन् । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मल कुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेलले चुनावी मैदानमा होमिएका छन् ।

सह–सचिवमा इन्द्रबहादुर घलान, कृष्णकुमारी पन्त, विष्णुहरि खनियाँ, भवानीदेवी अधिकारी, महेन्द्र थापा मगर, रामजी पौडेल र श्रृजना बसौला देवकोटा चुनावी मैदानमा छन् । यस निर्वाचन क्षेत्रमा १००४ जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>