Breaking News

कांग्रेस चितवन क्षेत्र नं.३ मा मतदान सकियो, ९८२ मत खस्यो

Banner

चितवन, मंसिर ६–

नेपाली कांग्रेस क्षत्रे नं.३ को निर्वाचनमा नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । केहीबेर अघि सकिएको मतदानमा कुल ९८२ मत खसेको सहायक मतदान अधिकृत श्रीराम दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

क्षेत्र नं.३ को सभापतिमा पाँच जना चुनावी मैदानमा छन् । अमृत बहादुर बानियाँ, जगन्नाथ कडेल, दामोदर न्यौपाने, देवेन्द्र प्रकाश क्षेत्री र लालबहादुर दवाडी मैदानमा होमिएका छन् ।

सचिवमा तुलाराम गुरुङ, दीपक कुवँर, नविन न्यौपाने, बृजा महतो, दिलकुमार महतो, सरस्वती पाण्डे र नेत्रप्रसाद सापकोटा चुनावी मैदानमा छन् । सह–सचिवमा सृजना अधिकारी लामिछाने, लक्ष्मी प्रसाद सापकोटा, गणेशप्रसाद कँडेल, इन्दिरा भुषाल कंडेल मैदानमा छन् ।

यस क्षेत्रमा ९८९ मतदाता रहेका छन् । यस क्षेत्रबाट पनि क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस क्षेत्रको मतदान शहिद स्मारक कलेज, शारदानगरमा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>