Breaking News

कांग्रेस क्षेत्रीय अधिवेशनः चितवन क्षेत्र नं.१ मा ९४४ मत खस्यो

Banner

चितवन, मंसिर ६–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत चितवनमा आज क्षेत्रीय अधिवेशन जारी छ ।

३ वटा संघीय निर्वाचन क्षेत्र रहेको चितवनमा मतदान मार्फत नयाँ नेतृत्व चयन हुन लागेको हो । चितवन क्षेत्र नं.१ मा भएको मतदान केहीबेर अघि सकिएको छ । यहाँ कुल ९४४ जनाले मतदान गरेको सहायक मतदान अधिकृत प्रेमराज पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । ९५१ मतदातामा ९४४ मत खसेको जानकारी दिए । उनले सबैको सहमतिमा आजै राति ८ बजेदेखि मतगणना हुने बताए ।

यस क्षेत्रका सभापतिमा इन्द्रकमल बुढाथोकी र किरण भुषण ओली चुनावी मैदानमा छन् । यस्तै सचिवमा किशोर खनाल, उमेश गिरी, शिवनारायण चौधरी, दिपकराज पौडेल र महेश्वर थपलियाले चुनावी मैदानमा छन् ।

त्यस्तै सह–सचिवमा गणेश थपलिया, दीपनारायण चौधरी, नवराज भुषाल, माधव प्रसाद पौडेल र विष्णुहरि थापा चुनावी मैदानमा छन् ।

यस निर्वाचनबाट क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन् । यस क्षेत्रको मतदान होटल स्टार व्याङक्वेट, रत्ननगर निपनीमा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>