चितवन विशेष

अनेमसंघ रत्ननगरको आयोजनामा चितवनका विभिन्न क्षेत्रमा सरसफाइ

Banner

चितवन, मंसिर ६-

अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगरको आयोजनामा महाधिवेशन स्थल तथा रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाइ गरिएको छ ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बताइन् । सुन्दर रत्नगरलाई रत्न जस्तै बनाउने र बाहिर जिल्लाबाट आउने प्रतिनिधिलाई सफा, सुन्दर नगरीमा स्वागत गर्ने उद्देश्यका साथ सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष सापकोटाले बताइन् ।

नेकपा एमाले चितवनका ईन्चार्ज तथा महाधिवेशन अनुगमन समिति संयोजक काशिनाथ अधिकारीले अनेमसंघ रत्ननगरकी अध्यक्ष सापकोटालाई कुचो र झाडु दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अधिकारीले महाधिवेशन सफल बनाउन सबै क्षेत्रको महत्वूर्ण योगदान हुनुपर्ने बताए । दुई दिनसम्म गरिने सरसफाइको पहिलो दिन आज टिकौली जंगल छेउबाट निपनी चोकसम्म सरसफाइ गरिएको थियो ।

भोलि मङ्गलबार टाँडी चोकसम्म सरसफाइ गरिने सापकोटाले बताइन् । महाविधेशनको बन्दसत्र रत्ननगरमा हुने हुँदा पनि आउने पाहुनालाई सफा शहरमा स्वागत गर्न आतुर भएको अध्यक्ष सापकोटाको भनाइ छ । सरसफाइमा अनेमसंघ रत्ननगर कमिटी, नेकपा एमाले रनपा वडा नम्बर ९ वडा कमिटी र स्थानीयको सहभागिता रहेको थियो । नेकपा एमालेको मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा अधिवेशन हुँदैछ ।

मंसिर १० गते नारायणी किनारमा महाधिवेशन उद्घाटन हुनेछ भने रत्ननगरको सौराहमा मंसिर ११ र १२ गते बन्दसत्र हुनेछ । महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरुको बिक्री र प्रदर्शनी गर्नका लागि अनेमसंघले बन्दसत्र स्थलमा निःशुल्क स्टलको व्यवस्थासमेत गरेको सापकोटाले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>