Breaking News

महाधिवेशन प्रचारका लागि चितवनमा मोटरसाइकल र्‍यालीको तयारी पूरा, थप १०० ट्राफिक प्रहरी थपिँदै

Banner

चितवन, मंसिर ६-

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक र्‍यालीको तयारी पूरा भएको छ ।

यही मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइकल ¥यालीको आयोजना गरिएको हो ।
जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल ¥याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए । ¥यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइकल ¥यालीमा बृहत् सहभागिता जनाउनेगरी तयारी भएको संयोजक सुवेदीले बताए ।

भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ।

थप १०० जना ट्राफिक प्रहरी परिचालन

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप १०० बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिए । मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्नेगरी समन्वय भएको भुर्तेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>