Breaking News

एमालेले महाधिवेशन चितवनमा गर्नु मलाई सिध्याउन हो: प्रचण्ड

Banner

चितवन, मंसिर ६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा एमालेले गर्न लागेको अधिवेशन आफूलाई सिध्याउने अधिवेशन भएको बताएका छन् ।

पटकपटक एमालेको चितवनमा हुन लागेको महाधिवेशनको विरोध गर्दै आएका प्रचण्डले आज चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सो बताएका हुन् ।

उनले भने, ‘प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो । त्यहाँ के को छलफल हुनु । छलफल हुने पनि होइन, केही पनि होइन केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो । त्यस्तो नि अधिवेशन हुन्छ त ?,” प्रचण्डले भने, ‘चितवनमा ल्याउनुको मक्सद माओवादी सिध्याउनु हो । तर, यो विषयमा केपीजीलाई धन्यवाद भनेको छु । चितवनमा ल्याइदिनुभो, यहाँका जनतालाई फाइदा हुने भयो । यहाँका व्यवसायीले अलिकति भए पनि नाफा कमाउने भए ।’

आफूलाई एमालेको महाधिवेशनमा आफूलाई वक्ताको रुपमा निम्तो आएको सुनाए । तर, जाने वा नजानेबारे आफूले पार्टीमा छलफल गर्ने जवाफ दिएको पनि बताए । “मलाई अस्ती निम्ता गर्नुभयो । वक्ताको रुपमा भन्नुभएको बोलाउनु भएको छ । त्यो बाहेक म बोल्दिन । वक्ताको रुपमा चिठी लिएर आउनुभयो एकजना लिडर’, प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>