Breaking News
चितवनमा कांग्रेसको क्षेत्रीय अधिवेशनः धमाधम मतदान चल्दै (फोटो फिचर)
०

चितवन, मंसिर ६–
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज (सोमबार) ३ वटा संघीय निर्वाचन क्षेत्र रहेको चितवनमा मतदान मार्फत नयाँ नेतृत्व चयन गरिदैछ । आइतबार तीन वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गरिएको छ ।
क्षेत्र नं.१ को सभापतिमा २, क्षेत्र नं.२ को सभापतिमा २ र क्षेत्र नं.३ को सभापतिमा पाँच जनाले उम्मेद्वारी दिएका छन् । मतदानबाट सभापति, सचिव, सह–सचिव र सदस्यहरु चयन गरिने छ भने महाधिवेशन प्रतिनिधि समेत चुनिने छन् । मतदान कार्य विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने निर्वाचन अधिकृत कमल मोहन पोखरेलले जानकारी दिए ।
चितवनमा तीन वटै निर्वाचन क्षेत्रमा गरि २ हजार ८३९ जना मतदाता रहेका छन् । अहिले तीन वटै क्षेत्रमा धमाधम मतदान भइरहेको छ ।








तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























