Breaking News

‘खिचरा महोत्सव’ पुस ३० देखि माघ १० गतेसम्म हुने

Banner

चितवन, मंसिर ६–

कोरोना भाइरस महामारीका कारण रोकिदै आएको ‘खिचरा महोत्सव’ यसवर्ष हुने भएको छ ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा पुस ३० देखि माघ १० गतेसम्म ‘खिचरा महोत्सव–२०७८’ हुन लागेको हो । कात्तिक २५ गते बसेको बैठकबाट महोत्सव आयोजना गर्ने निर्णय भएको सचिव दीपनारायण राउतले जानकारी दिए । महोत्सवको विषयमा शनिबार वृहत छलफल समेत गरिएको थियो । सो छलफलबाट पुस ३०–माघ १० मा महोत्सव गर्ने निर्णय गरिएको हो ।

कोरोना संक्रमण अझै नरोकिएकाले यसपटकको महोत्सवलाई व्यवस्थित र सुरक्षित रुपमा संचालन गर्ने तयारी भइरहेको सचिव राउतले जानकारी दिए । थारु समुदायको नयाँ वर्षको रुपमा माघी (खिचरा) पर्वलाई लक्षित गरि विगत ८ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ । सुल्तान चौरबाट सुरु भएको महोत्सव पछिल्लो समय खैरहनी चौर हुँदै जबकौली चौरमा हुँदै आएको छ ।

यस महोत्सवमा विभिन्न व्यापारिक स्टलका साथै थारु परिकार र पहिरनका स्टलहरु रहनेछन् । यस्तै बाल उद्यानलगायतका परिसरहरु समेत रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>