चितवन विशेष

चितवनको एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीले पायो अष्ट्रेलियाबाट तीन प्रतिष्ठित अवार्ड

Banner

चितवन, मंसिर ५ –

चितवनको नारायणगढमा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयबाट शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै तीन अवार्ड प्राप्त गरेको छ ।

यसै वर्ष एक्सपर्टले क्याथोलिक विश्वविद्यालयबाट ‘प्लाटिनम एजेण्ट अवार्ड’, इडिथ कोवान विश्वविद्यालय (ईसीयू) बाट ‘हाइएस्ट एक्चिभर अवार्ड’ र टोरेन्स विश्वविद्यालय अन्तर्गतसिड्नी क्याम्पसबाट ‘टप पर्फमर एजेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

नेपालको विभिन्न कन्सल्टेन्सीहरु मध्येबाट सबैभन्दा धेरै विद्यार्थीहरु पठाएर उत्कृष्ट कार्य गरेको भन्दै एक्सपर्टले सो अवार्ड प्राप्त गरेको एक्सपर्ट चितवनकी काउन्सिलर श्रीजा खनालले नारायणी अनलाइनलाई बताइन् । अष्ट्रेलियाको सिड्नीमा सन् २००३ मा स्थापित एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको विश्वका १३ देशमा ४० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा सन् २०१३ मा यसको स्थापना भएको थियो । यसले शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा र बेलायत पठाउँदै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>