चितवन विशेष

माओवादी केन्द्र भरतपुर–१२ को अध्यक्षमा घिमिरे चयन

Banner

चितवन, मंसिर ४–

नेकपा कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) भरतपुर वडा नं १२ को अध्यक्षमा मदनकृष्ण घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार भएको वडा अधिबेशनमा घिमिरेको नेतृत्वमा ४५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको हो।

समितिको उपाध्यक्ष लिला पौडेल अधिकारी ,सचिवमा भिम गुरुङ, कोषाध्यक्षमा सिता सुवेदी र सहसचिवमा अनिल घिमिरे चयन भएका छन्। माओबादी केन्द्रले इतिहासमै भव्य र जनबाद प्रयोग गरि गरेको अधिबेशनका कारण सिङ्गो वडाका नेता कार्यकर्ता उत्साहित भएको नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

भरतपुर–१२ मा करिव ६ सय संगठित सदस्य छन्। अधिबेशनको उद्घाटन समारोहमा माओवादीका पुराना नेता टेकबहादुर थापाले राजनीतिमा धैर्यता,लगन र अनुशाषन हराउदै जान लागेकोले अब नयाँ पुस्ता संवेदनशिल बन्नुपर्ने बेला आएको बताए । माओबादीको कार्यक्रम र आन्दोलनलाइ जनतामा लगेर बुझाउदै अगाडि बढे पुनः माओवादी पहिलो पार्टी बन्ने दावी उनको थियो।

युवा नेतृ निशा न्यौपानेले यस पटकको अधिबेशनले पार्टीलाई पुनः पुरानै लयमा फर्कन सहज हुने बताइन् । माओबादी सरकारमा हुँदा गरेका राम्रा कामहरुको पनि उचित प्रचार गर्न नसकेको भन्दै सबै कार्यकर्ताले माओबादीका कार्यक्रम र आन्दोलन बारे घरघरबाट बहस थाल्नुपर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>