कर्पोरेट

चितवनमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Banner

चितवन, मंसिर ३–

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ । गीतानगर र रामपुर शाखाले शनिबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा मोबाइल बैंकिङसम्बन्धी साक्षरता प्रदान गरिएको हो ।

सयौँ सेवाग्राही सहभागी कार्यक्रममा प्रविधिको प्रयोग गरेर लिन सकिने बैंकिङ सेवाहरूको बारेमा जानकारी दिइएको थियो । उक्त अवसरमा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट लिन सकिने दर्जनौँ सेवाको बारेमा अनुशिक्षण गरिएको थियो । बैंकमा भौतिकरूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फण्ड ट्रान्सफर, पानी, बिजुली, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको बारेमा ट्रान्जेक्सन बैंकिङका नरेन्द्र देवकोटाले जानकारी दिएका थिए ।

अत्याधुनिक भुक्तानी प्रणाली ‘क्यूआर’, डेबिट तथा क्रेडिट कार्ड घोटेर गर्न सकिने भुक्तानीका विषयमा पनि देवकोटाले जानकारी गराएका थिए । बैंकका बागमती प्रदेश उपप्रमुख (नारायणगढ क्लस्टर) विदुर ज्ञवालीले अबको समय प्रविधिको भएको भन्दै बैंकिङ कारोबारका लागि बैंक जानैपर्ने वाध्यता नभएको बताए । उनले बैंकले प्रविधि उपयोग बढाउनकै लागि यस्तो कार्यक्रम गरिरहने बताए ।

ग्लोबल बैंकका बजार प्रमुख शान्ता शिवाकोटीले बैंकिङलाई प्रविधिसँग जोड्न सके हाम्रा कारोबार सुरक्षित र निकै सजिलो हुने बताइन् ।
बैंले शनिबारै माडी र रत्ननगरमा पनि उस्तै शैलीको कार्यक्रम गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>