चितवन विशेष

माओवादी केन्द्र भरतपुर–११ को अध्यक्षमा देवकोटा

Banner

चितवन, मंसिर ४–

नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरपालिका–११ को अध्यक्षमा प्रकाश देवकोटा चयन भएका छन् ।

शनिबार भएको वडा अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा मधु देवकोटा, मोनु श्रेष्ठ र विकास श्रेष्ठ चयन भएका छन् ।

यस्तै सचिवमा सन्देश अधिकारी, कोषाध्यक्षमा धनु बराल, सहसचिवमा चन्द्र प्रकाश आचार्य सर्वसम्मत चयन भएको निवर्तमान सचिव जायश्वर आचार्यले जानकारी दिए । यसअघि वडा अधिवेशनको माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समुद्घाटन गरेकी थिइन् । उद्घाटन सत्र जायश्वर आचार्यले संचालन गरेका थिए ।

शनिबार माओवादी केन्द्रले देशैभर पहिलोपटक वडा अधिवेशन सम्पन्न गरेका छ । चितवनमा ९८ वटा वडा मध्ये ९५ वटा वडामा समाओवादीको र्वसम्मत नेतृत्व चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>