Breaking News

भरतपुर अस्पतालसहित अन्य ९ अस्पतालमा भोलिदेखि रेबिजको सुई लगाइने

Banner

चितवन, मङ्सिर ४-

नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुख्य सहरीमा रेबिजविरुद्धको खोप नलगाएको कुकुर भएकै कारण रेबिज रोगको चुनौती झन् थपिदै गएको हो ।

रेबिज रोग, रेबिज ग्रस्त स्तनधारी प्राणी तथा बौलाहा जनावरले टोक्दा मानिसमा सर्ने प्राणघातक रोग भएको चिकित्सक बताउ छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै उपलब्ध सीमित रेबिज विरुद्धको इम्युनोग्लाबुलिन सुई अब सातै प्रदेशमा पुग्ने भएको छ । यही मंसिर ५ (भोलिदेखि) चितवनको भरतपुर अस्पताल सहित सात प्रदेशका ९ अस्पतालबाट इम्युनोग्लाबुलिन सुई दिने तयारी गरिएको छ ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार भोलीबाट भरतपुर अस्पताल चितवन, कोसी अस्पताल विराटनगर, जनकपुर अस्पताल धनुषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी, लुम्बिनी अस्पताल बुटवल,सुर्खेत अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीबाट सुई दिइने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>