Breaking News

चितवनमा माओवादी केन्द्रको ९८ वटा वडामै अधिवेशन सुरु (फोटो फिचर)

Banner

चितवन, मंसिर ४–

पहिलोपटक नेकपा (माओवादी केन्द्र)ले आज देशैभर वडा अधिवेशन गरिरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा पनि ९८ वटा वडामै अधिवेशन सुरु भएको छ ।

चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा ७ वटा वडा रहेका छन् । यी सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ ।

भरतपुर महानगरपालिका–११ र वडा नं.६ को वडा अधिवेशनको माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरिन् । अहिले सबै वडाहरुमा नेतृत्वन चयनको प्रक्रिया सुरु भएको छ ।

भरतपुर–११ का सचिव जायश्वर आचार्यले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिए । यस्तै अन्य वडाहरुमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास थाएिको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>