Breaking News
कांग्रेस चितवन क्षेत्र नं.२(क)को सभापतिमा दाहाल निर्वाचित (मतसहित)
०

चितवन, मंसिर ४–
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं. २ (क) प्रदेश सभापतिमा जनार्दन प्रसाद दाहाल निर्वाचित भएका छन् । आज (शनिबार) विहान सम्पन्न मतगणना अनुसार २२९ मतका साथ दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्धन्द्धी हरिप्रसाद भण्डारीले १९५ मत प्राप्त गरे भने राजकुमार गुरुङले ५० मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा मिठु गौतम सुवेदी (२५४) र केशवराज रिमाल (२४०) निर्वाचित भएका छन् । उनीहरुको निकटम प्रतिद्धन्द्धी इश्वरी प्रसाद अधिकारीले २०५ र प्रजापति सापकोटा १९४ मत मात्रै प्राप्त गरे ।
त्यस्तै सचिवमा कुमबहादुर गुरुङ (२५४) र ठाकुर लामिछाने (२५१) निर्वाचित भएका छन् । मणिरत्न शाक्य २१९ र अर्जुन मर्दनिया १५४ मत मात्रै प्राप्त गरे ।
यसैगरि सह–सचिवमा सुजन थापा (२४१) र सोमराज आचार्य (२२२) निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























