Breaking News

कांग्रेस चितवन क्षेत्र नं.१(ख)को सभापतिमा गौतम निर्वाचित

Banner

चितवन, मंसिर ४–

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.१ (ख) प्रदेश सभापतिमा गोविन्द गौतम निर्वाचित भएका छन् ।

शुक्रबार रातिसम्पन्न मतगणना अनुसार २७९ मतका साथ गौतम सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रामहरि न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने (२९३) र डिल्लीप्रसाद छत्कुली (२७८) मतका साथ निर्वाचित भएका छन् । उनीहरुका निकटम प्रतिद्धन्द्धी शंकर पौडेल २७३ र धिरेन्द्रप्रसाद घिमिरे २४४ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा देवेन्द्रबहादुर भुजेल (३४३) र मनोज चौधरी ३०६ मतका साथ निर्वाचित भएका छन् । सन्दीप रेग्मी २२६ र रुद्रप्रसाद सुवेदी २१२ मत मात्रै प्राप्त गरे ।

यसैगरि सह–सचिवमा गीता दाहाल (३२३) र रामसिंह चौधरी (२९३) निर्वाचित भएका छन् । तुलसी पन्त २६६ र लालप्रसाद चालिसेले २०७ मत मात्रै प्राप्त गरे ।

क्षेत्रीय सदस्य महिलातर्फ ३०७ मतका साथ बबिता चौधरी निर्वाचित भएकी छन् भने खुलातर्फ राजु तामाङ लामा (३२९) र ओमप्रसाद घिमिरे (२८९) निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>