Breaking News

कांग्रेस चितवन प्रदेश क्षेत्र नं.३(ख)को सभापतिमा चापागाई निर्वाचित (मतसहित)

Banner

चितवन, मंसिर ३–

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.३ (ख) प्रदेश सभापतिमा शोभाखर चापागाईं निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणना अनुसार १४७ मतका साथ चापागाई सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासीहरु
ओमप्रसाद पोखरेल ९९, रामबहादुर कुवँरले ७८ र अशोक लामाले २८ प्राप्त गरे ।

यस्तै उपसभापतिमा लिलाराज भुसाल निर्वाचित भएका छन् । भुसालले २१२, केशब बसेलले २०० र भरत घिमिरे १९४ मत प्राप्त गरे ।
यस्तै सचिवमा गोबिन्द शर्मा (१८६) र सूर्य अधिकारीले (१९१) मतका साथ विजयी भएका छन् । मनोहर सिग्देल १८२ मत प्राप्त गरे ।

यसैगरि क्षेत्र नं. ३ (ख) अन्तरगत बागमती प्रदेश प्रतिनिधिमा खुलातर्फ इ. शिबहरी घिमिरे (२५६), सूर्यमणि पौडेल (२४६), युबराज क्षेत्री (२१९), कुमार प्रसाद थपलिया (२०१), रामहरि दवाडी (शेखर) (१९२), किरन राना (१८९) र कमल आचार्य (१८६) निर्वाचित भएका छन् ।

त्यस्तै महिलातर्फ शान्ति पराजुली (२४०), जानुका कार्की (२३०), भिमादेबी भुसाल (२१६), खस आर्यतर्फ दिनानाथ पौडेल (२००) निर्वाचित भएका छन् र प्रदेशबाट क्षेत्रीय सदस्य सुशीला ढुंगाना (१९९) निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>