चितवन विशेष

प्रदेश क्षेत्र नं. १ (ख)को सभापतिमा न्यौपानेको उम्मेद्वारी

Banner

चितवन, मंसिर २–

नेपाली कांग्रेसको १४ औं महाधिवेशको रौनक चितवनमा बढेको छ ।

शुक्रबार (मंसिर ३ गते) प्रदेश समितिको निर्वाचन हुँदैछ । यसैक्रममा राजनीतिलार्इ पेशा नभई समाज सेवा र सामाजिक रुपान्तरणको उत्तम माध्यम बनाउने अठोटका साथ युवा रामहरी न्यौपाने चितवनको प्रदेश सभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा उम्मेद्वारी दिएका छन् ।

‘म पार्टी शुद्धीकरणमा काम गर्नेछु र सिङ्गो नेपाली कांग्रेसको साख जनमानसमा उच्च राख्न हरदम लागिरहनेछु’ भन्ने प्रतिवद्धतासहित न्यौपाने चुनावी मैदानमा होमिएका छन् ।

राजनीति फोहोरी खेलका रुपमा चित्रित भईरहेको बेला देश र समाज निर्माणको दरिलो माध्यम राजनीतिलाई नै बनाउने न्यौपानेको प्रतिवद्धता छ । विसं. २०४० सालदेखि सक्रिय राजनीतिमा अग्रसर न्यौपाने यसअघि नेविसंघ, र नेपाली कांग्रेस जिल्ला समितीमा बसेर काम गरि सकेका छन् ।

जिल्ला विकास समितीको सामाजिक विकास अधिकृत र परिवार नियोजक संघ चितवनको सभापति रहँदा न्यौपानेले गरेको कामको प्रशंसा हुने गरेको छ ।

यस्तै न्यौपानेसंगै गोविन्द गौतमले पनि सभापतिमा उम्मेद्वारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>