Breaking News

१४ वर्षीय सुर्यान्सु बने उत्कृष्ट ब्याटर र इमर्जिङ प्लेयर

Banner

चितवन, मंसिर २–

चितवनका १४ वर्षीय क्रिकेटर सुर्यान्सु कोइराला यु–१९ बागमती प्रदेश छनोट प्रतियोगिताको उत्कृष्ट ब्याटर बनेका छन् ।

बिहीबार मुलपानीमा भएको ललितपुरविरुद्धको फाइनलमा पनि अर्धशतक पुरा गरेपछि सुर्यान्सु प्रतियोगिताकै उत्कृष्ट ब्याटर बनेका हुन् । सुर्यान्सुले फाइनल प्रतिस्पर्धामा ८१ बलमा ६८ रनको उत्कृष्ट पारी खेलेका थिए । रनआउट हुनुअघि सुर्यान्सुले ८ चौका प्रहार गरेका थिए ।
उनी म्यान अफ दि फाइनल बन्नुको साथै प्रतियोगिताको इमर्जिङ प्लेयर समेत बने ।

उनले सेमीफाइनलमा नुवाकोटविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थिए । ओपनर ब्याटर सुर्यान्सुले २२ रन बनाएका थिए । यस्तै सुर्यान्सुले लिग चरणको अन्तिम खेलमा ललितपुरविरुद्ध ५३ रनको अविजित पारी खेलेका थिए ।

उनले प्रतियोगिताको पहिलो खेलमा काठमाडौंविरुद्ध भने ७ रन बनाउँदै सामान्य प्रदर्शन गरेका थिए । सुर्यान्सु हाल भारतमा प्रशिक्षण लिदै आएका छन् ।

उनी बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका छोरा हुन् । एसपी कोइरालाले छोरालाई उत्कृष्ट क्रिकेटर बनाउन चाहन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>