क्रिकेट

यु–१९ बागमती प्रदेश छनोटः ललितपुर ६० रनले पराजित, चितवन सेमिफाइनलमा

Banner

चितवन, कात्तिक ३०–

वाईवाई यु–१९ बागमती प्रदेश छनोट प्रतियोगितामा चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज (मंगलबार) भएको खेलमा लगातार दोस्रो जित निकाल्दै चितवन सेमिफाइनलमा प्रवेश गरेको हो । चितवनले बलियो प्रतिद्धन्द्धी ललितपुरलाई ६० रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

चितवनले दिएको १९६ रनको लक्ष्य पछ्याएको ललितपुर ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो । चितवनका लागि मनिष पुनले घातक बलिङ गर्दै ४ विकेट लिएपछि ललितपुर धरापमा परेको थियो । प्रतिक श्रेष्ठ र प्रशान्त महतले समान २/२ विकेट लिए भने कप्तान गौतम केसीले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा १९५ रन जोड्यो । चिनवनका लागि प्रतिक श्रेष्ठले ६६ र सुर्यान्सु कोइरालाले अविजित ५३ रन बनाए ।

समूह ‘ए’ मा रहेको चितवन दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा चितवनले काठमाडौँलाई २ रनले पराजित गरेको थियो । चितवनले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता टिमसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>